आरुघाटमा निःशुल्क स्वास्थ्य शिविर, ६ सय बढीले लिए सेवा

गोरखा- गोरखा जिल्लाको आरुघाट गाउँपालिका–२ मान्बुस्थित भवानी माध्यमिक विद्यालयमा दुई दिने निःशुल्क एकीकृत स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।

क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र को आयोजनामा तथा एभरेष्ट बैंक लिमिटेडआरुघाट गाउँपालिका को सहकार्यमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा वडा नं. १, २ र ३ का ६ सयभन्दा बढी स्थानीयवासीले स्वास्थ्य परीक्षण गराएका थिए। शिविरमा ११० जनाको मुटुको इको परीक्षण, २५० जनाको भिडियो एक्स–रे तथा युरिन, मिर्गौला लगायतका विभिन्न परीक्षण निःशुल्क गरिएको आयोजकले जनाएको छ। आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।

मुटुरोग विशेषज्ञ डा. सचिन लामिछाने ले ग्रामीण क्षेत्रमा उच्च रक्तचापका कारण मुटु तथा मिर्गौलासम्बन्धी समस्या बढ्दै गएको बताउनु हुदै स्वास्थ्य सचेतनामा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले यस्ता शिविरले ग्रामीण समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताएका धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.