बिपक्षी दलहरुको अबरोधका कारण प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा पनि बिपक्षी दलका सांसदहरुले अबरोध कायम राखे ।

भारतसँगको सीमाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका भनाइ आपत्तीजनक भएको भन्दै विपक्षी दलहरुले विगत केही दिनदेखि संसद बैठक अवरुद्ध गर्दै आएका छन ।

आज पनि सबै विपक्षी दलहरुले प्रधानमन्त्रीले आफ्नो भनाइ संसदमा आएर सच्च्याउनुपर्ने माग गरेका थिए ।

आज बोल्ने केही प्रतिपक्षी दलका सांसदहरुले त अर्थ मन्त्रीले बजेट पुस्तिकामा आएको भन्दा फरक ढंगले करको दर हेरफेर भएको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षी दलका सांसदहरुलाई सभामुखले पटक पटक संसद सुचारु गर्न आग्रह गरेपनि नमानेपछि आजै १५ मिनेटका लागि सभामुखले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.