काठमाडौंका प्रमुख नदीमा बाढी बढ्यो, रातभर उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले काठमाडौँ उपत्यकाका प्रमुख नदी तथा खोलामा बाढीको सतह बढिरहेको भन्दै नदी आसपासका बासिन्दा र यात्रुहरूलाई आज रातिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार बागमती, विष्णुमती, धोबिखोला, हनुमन्ते, मनोहारा लगायतका नदी तथा खोलामा बाढी बढिरहेको छ। साथै आज राति पनि थप वर्षा हुने पूर्वानुमान रहेकाले नदी किनार तथा डुबान भइरहने क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

विभागले नदी करिडोर भएर यात्रा गर्ने तथा नदी आसपासका क्षेत्रमा आवतजावत गर्नेहरूलाई मंगलबार बिहानसम्म सतर्क रहन आग्रह गरेको छ। लगातारको वर्षासँगै नदीमा पानीको बहाव अझ बढ्न सक्ने भएकाले अनावश्यक रूपमा नदी किनारमा नजान र सुरक्षित स्थानमा बस्न पनि विभागले सुझाव दिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.