प्रधानमन्त्री शाह फुटवेयर एसोसिएसनका पदाधिकारीसँग छलफल

काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था र व्यक्तिसँग संवादको क्रमलाई आज पनि निरन्तरता दिनुभएको छ ।

आज उहाँले जुत्ता व्यवसायी सङ्घ (फुटवेयर एसोसिएसन) का पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री शाहले केहीबेरपछि एसोसिएसनका अध्यक्ष सुरज बञ्जाडे, निवर्तमान अध्यक्ष रूद्र न्यौपाने, सल्लाहकार कालीदास गौतमलगायतसँग छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वदेशी जुत्ताचप्पल उद्योगलाई प्रोत्साहन गर्ने, बजार व्यवस्थापन, आत्मनिर्भरताका प्रयास तथा यस क्षेत्रका चुनौती र नीतिगत सुधारका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.