बागमती प्रदेश सरकारबाट बाहिरिदै एमाले

काठमाडौँ-  बागमती प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिने भएको छ।

एमाले बागमती प्रदेश संसदीय दलले सरकारमा प्रतिनिधित्व गरेका आफ्ना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ।

संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीलाई पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिन निर्देशन दिनुभएको हो।

काँग्रेस एमाले गठबन्धनमा अविश्वस सृजना भएसँगै यसअघि नै कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारमा हलचल पैदा भएको छ ।

कर्णालीमा प्रर्देश सरकारमा रहेका मन्त्रीहरु राजीनामा दिएका छन् भने उता सुदुरपश्चिम प्रदेशमा एमालेका मन्त्रिहरु निकालिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.