निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

काठमाडौँ- सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई सो पदमा नियुक्त गरेको हो ।
हिजो मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो । संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन निर्देशन दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्