जिन्दगी जिउने आधार-“दमाहा”

रुकुमपूर्व- कलाका धनी मानिने दमाई जातिको जिउने आधार हो दमाहा । रुकुमपूर्वका दमाई जातिलाई दमाहा परम्परादेखि अहिलेसम्म गुजारा चलाउने माध्यम बनेको छ ।

मान्छेको जन्मदेखि मृत्यु संस्कारसम्मको कार्यमा दमाहा प्रयोग गर्ने यहाँको पुरानो चलन कायमै रहेको छ ।

यहाँ प्राय: हरेक समुदायले आफ्नो काम विशेषमा बोलाएर बाजा बजाउने गर्छन् र त्यहाँ दमाहा अनिवार्य हुन्छ ।

तर बाजा बजाएर मात्रै घर धान्न नसकिने भएपछि परिवार पाल्न युवा पुस्ता विदेश पलायन हुनुपर्ने बाध्यताले यतिखेर बृद्धबृद्धाले जेनतेन बिँडो थामिरहेका छन ।

हरेक गाउँमा व्यक्तिगत तथा सामाजिक काममा समेत दमाहा बजाउने गरिन्छ । यसरी बजाए बापत उनीहरुले बर्षमा दुई पटक ६/६ महिनामा दुई पाथी अन्न र २५० रुपैयाँ पाउने परम्परा अझै कायम छ ।

दमाहा बनाउन कच्चापदार्थ जोहो गर्न कठिनाइ रहेको उनीहरुको गुनासो छ ।

एउटा दमाहा तयार गर्न एक जनालाई ३-४ दिन लाग्छ । कसैको मरेको गोरुको छाला लिएर ८-१० दिनसम्म खोरको मलमा कुहाएर मात्र दमाहाको लागि छाला बनाउने गरिन्छ ।

यसरी कुहाएर बनाउदा दमाहा राम्रोसँग बज्ने गरेको उनीहरुको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.