प्रा डा लुइँटेलविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं- प्रा डा खगेन्द्रप्रसाद लुइँटेलविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता भएको छ । अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा कार्यरत प्रा डा लुइँटेलविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना सम्बन्धि मुद्दा दर्ता गराउनुभएको हो ।

मुद्दामा एभरेष्ट नेपाल नामक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा न्यायालय र न्यायधीशहरूमाथि गालीगलौजका साथै गम्भीर आरोप लगाई अदालतको अवहेलना गरेको हुँदा प्रा डा लुइँटेललाई प्रचलित कानूनअनुसार हदैसम्मको सजायको माग दाबी गरिएको छ ।

सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितका न्यायाधीशहरूको संवैधानिक इजलासबाट २०७४ सालमा भरतकुमार बस्नेतविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौँसमेत भएको उत्प्रेषण परमादेश मुद्दामा २०७६ साल मङ्सिर २७ गते आदेशमा सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी लिपिमा राख्न मिल्ने गरी व्याख्या भई रिट निवेदन खारेज भएको हो ।

उक्त आदेश प्रमाणीकरण भई सार्वजनिक भएपछि प्रा डा लुइँटेलले २०७७ साल साउन २१ गते निज अध्यक्ष रहेको मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल नामक संस्थाका नामबाट एक विज्ञप्ति प्रकाशित गरी उक्त फैसलाका सम्बन्धमा न्यायिक गरिमालाई नै धमिल्याउने ढङ्गले सर्वोच्च अदालतबाट इम्बोस्ट नम्बर प्लेट नेपाली भाषामा नभइ अङ्ग्रेजी भाषामा मात्र राख्ने भनी गरिएको अत्यन्त आपत्तिजनक फैसलाप्रति यो सञ्जाल खेद प्रकट गर्दै घोर निन्दा एवं भर्त्सना गर्दछ भनिएको थियो । प्रा डा लुइँटेलले अदालतको अवहेलना गरेको ठहर भएमा रु दश हजारसम्म जरिवाना र एक वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.