६ जना केन्द्रीय सदस्यहरु कोरोना संक्रमित भएपछि काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं- नेपाली काँग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पीसीआर परिक्षणका क्रममा पार्टीका ६ जना केन्द्रीय सदस्यसहित अन्य जिम्मेवारीमा रहेकाहरुलाई कोरोना संक्रमण पोजेटिभ देखिएकोले असोज १९ गतेको लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको काँग्रेसले जनाएको छ ।

केन्द्रीय सदस्यहरु  अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहनुभएका केही व्यक्ति तथा काठमाडौं बाहिर परिक्षण गर्नु भएका केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २ बजेका लागि निर्धारित गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

साथै विज्ञप्तीमा असोज २५ गते बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध पनि गरिएको छ ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.