सडक पेटी बनाउने भनेर भत्काएको बाटो सडक कै रुपमा कालोपत्रे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले फुटपाथ अर्थात पैदल यात्री हिँड्ने सडक पेटी फराकिलो बनाउन भन्दै भत्काएको बाटो सडक विभागले पुन: कालोपत्रे गरेको छ ।

फुटपाथ बढाउन महानगरपालिकाले सवारी साधन गुड्ने सडकलाई केही साँघुरो पार्ने र व्यवस्थित बनाउने भन्दै केही समय अघि भत्काएपछि सडक विभाग र महानगरपालिकाबीच विवाद चर्किएको थियो ।

विवादकै बीच सडक विभागले महानगरपालिकाको काम रोकेन मात्र पैदल यात्रुका लागि भनेर खुला गरिएको बाटो फेरि सवारी साधन गुड्ने सडक नै बनाइ दियो ।

सडक विभागले पिच गर्न थालेपछि सोही विषयलाई लिएर सडक विभाग र नगर प्रहरीबिच विवाद भएको छ ।

काठमाडौँ महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ मा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशालबजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि विभागले आफैं कालोपत्रे गर्न थालेको हो ।

सडक विभागले बाटो कालोपत्रे गर्न शुरु गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्नुभएको छ ।

मेयर शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्नुहुँदै गिरीबन्धु टी-स्टेटको अरबौँ रुपैँया बराबरको घोटलाको विषयान्तर गर्न सरकारले महानगरपालिकाको काममा बाधा पुर्‍याएको उल्लेख गर्नुभएको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.