दश वर्षपछि नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा

भोलि नेदरल्यान्ड्सविरुद्ध खेल्दैं

काठमाडौँ– दश वर्षपछि नेपाल आइसीसी टी-२० विश्वकपको मैदानमा उत्रदैछ । नियमित प्रतिद्वन्द्वीजस्तै बनेको नेदरल्यान्ड्सविरुद्ध भोलि खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्न लागेको हो । बहुप्रतिक्षित यो खेल नेपाली समय अनुसार भोलि राति सवा नौ बजे सुरु हुनेछ र

नेपालले सन् २०१४ यता पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्दैछ । समुह चरणको पहिलो खेलमै पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स सग खेल्दै नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ । दशकपछि ट्वान्टी–२० विश्वकपमा फर्किएको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा उत्रदा पहिलो खेलबाटै उत्कृष्ट नतिजा दिने अपेक्षा गरिएको छ  ।

कुनै पनि खेलाडीको अन्तिम सपना हुने गरेको विश्वकपमा पुग्नु आफैमा ठुलो भएको र अव यसलाइ सक्दो सम्झनलायक बनाउनु पर्नेमा खेलाडीहरुको दुइमत छैन । नेपालले पहिलो पटक विश्वकप खेल्दा टोलीमा रहेका विनोद भण्डारी सहितका खेलाडीहरु नेपालको विश्वकप यात्रा अविश्मरणीय हुने बताउँछन्।

समूह डी मा रहेको नेपाल भन्दा समूहका अन्य टोली आईसीसी वरीयता र प्रदर्शनका हिसाबले बलिया छन्  । नेपालको समूहमा एकपटकको टी–२० च्याम्पियन श्रीलंका र विश्व क्रिकेटकै बलियो राष्ट्र दक्षिण अफ्रिका छन् । श्रीलंका सन् २०१४ को विश्वकप विजेता हो भने टि-२० वरीयताको शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिका दुईपटक सेमिफाइनलमा पुगेको छ । विश्वकपमा निरन्तर सहभागी राष्ट्र बंगलादेश पनि नेपालकै समूहमा छ । बंगलादेश टी–२० विश्वकपमा निरन्तर सहभागी राष्ट्र हो भने एसोसिएट राष्ट्रमा नेपालको कडा प्रतिद्वन्द्वीका रूपमा नेदरल्यान्ड्स रहेको छ । नेदरल्यान्ड्स विरुद्ध नेपालले मंगलबार पहिलो खेल खेल्दा दोस्रो खेल जेठ ३० गते श्रीलंकासंग खेल्नेछ। तेस्रो खेल असार १ गते दक्षिण अफ्रिकासंग खेल्नेछ भने समूह चरणको अन्तिम खेल असार ३ गते बंगलादेश विरुद्ध खेल्दै नेपालले समूह चरणको खेल सक्नेछ ।

समूह चरणमा हुने चार खेल मध्य नेपालले दुई खेल अमेरिकामा र दुई खेल वेष्ट इन्डिजमा खेल्नेछ । यसअघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेर नेपालले इतिहास रचेको थियो । अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने नवौँ संस्करणमा नेपालले उत्कृष्ट प्रदर्शनको मात्र होइन आफुभन्दा बलिया टोलीलाई कडा टक्कर दिदै विश्व क्रिकेट जगतमा नेपाल उदाएको छ भन्ने सन्देश पक्कै छोड्नेछ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.