भष्ट्राचार मुद्दा लागेका सांसद यादवको निलम्बन फुकुवा

दाङ- लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराउनु भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भष्ट्राचार गरेको शिर्षकमा बिशेष अदालतमा मुद्धा दायर गरेपछी प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागी निलम्बन गरेको थियो ।

सो मुद्दामा यादवले सफाई पाएपछी प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । बिशेष अदालतले जेठ ९ गते यादवलाई सफाई दिएको थियो । मुद्धाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछी निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिनुभयो ।

यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.