रुखवाट लडेर स्याङजामा एक महिलाकाे मृत्यु

स्याङजा– स्याङजामा रुखवाट लडेर एक महिलाको मृत्य भएको छ ।

मृत्यु हुनेमा चापाकोट नगरपालिका वडा नं.७ साँखर बस्ने बर्ष ३५ की सृजना ढकाल रहेको प्रहरीले जनाएको छ । बुधवार बिहान घर नजिकै बारीमा पिपलको रूखमा घाँस काटन गएकी ढकाल रुखवाट खस्दा घाईते हुनु भएको थियो ।
घाईते ढकाललाई स्थानीय र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागी पाल्पाको रामपुर अस्पतालमा पठाइएकोमा उपचारको क्रममा बिहान मृत्यु भएको हो । घटनावारे थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय स्याङजाका सूचना अधिकारी ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.