ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द
काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गरेको छ ।
कम्पनीले आइतबार सार्वजनिक गरेको सूचना अनुसार २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको हो ।
साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।
प्रतिक्रिया राख्नुहोस्