एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले लिए शपथ
काठमाडौँ – नेकपा एमालेका मनोनीत पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिनुभएको छ।
च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
साउन १७ गते बसेको एमाले सचिवालय बैठकले एक उपाध्यक्ष, दुईजना स्थायी कमिटी सदस्य तथा १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्