विगत आठ वर्षदेखि खोरमा थुनिएका युवकको उद्धार

मकवानपुर- लामो समयदेखि खोरमा थुनेर राखिएको मकवानपुरका एक बौद्धिक अपांगता भएका युवकको उद्धार गरिएको छ । विगत आठ वर्षदेखि मनहरी गाउँपालिका वडा नम्बर–१ मकरीका हिरालाल थिङलाई खोरमा थुनेर राखिएको थियो ।

उहाँको शुक्रबार उद्धार गरिएको हो । गत साता मात्र यस सम्बन्धि भिडियो रिपोर्ट नेपाल टेलिभिजनबाट प्रशारण भएको थियो । गैर सरकारी संस्था मकवानपुरकी अध्यक्ष रमिला सापकोटा पहलमा मनहरी गाउँपालिका र सिआन पूर्नस्थापना केन्द्रको समन्वयमा युवकको उद्धार गरिएको हो ।

उद्धार गरिएका युवकलाई हेटौंडा-८ स्थित सिआन पूर्नस्थापना केन्द्रमा राखिएको छ । थिङको उपचार र बस्ने खर्च सबै मनहरी गाउँपालिकाले बेहोर्ने सहमती भएको छ ।

सानै उमेरदेखि मानसिक सन्तुलन गुमाएका थिङलाई घरसँगै रहेको गाईगोठ नजिक छुट्टै बासस्थान बनाएर राखिएको थियो । लुगा लगाउन नमान्ने, गाउँ गाउँ डुलेर हिँड्ने, बिगार गर्ने जस्ता क्रियाकलापले परिवारका सदस्य हैरान भएपछि हिरालाललाई थुनेर राखेका थिए ।

आर्थिक अवस्था कमजोर भएकै कारण हिरालाललाई परिवारले अस्पताल लैजान नसकेको बताउँदै आएका थिए । मनहरी गाउँपालिकाका प्रमुख रन्जन कालाखेती, १ नम्बर वडा अध्यक्ष शिव प्रसाद खनाल, सिआन पूर्नस्थापना केन्द्रका सौजन डिसि र सञ्चाकर्मी लगायतको उपस्थितिमा थिङको उद्धार गरिएको गैसस मकवानपुर अध्यक्ष सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.