प्रचण्डलाई जनार्दन शर्माको प्रश्न, भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ?

स्थायी समितिमा जनार्दन शर्माको फरक प्रस्ताव पेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले फरक प्रस्ताव पेश गर्दै भ्रम र त्रासबाट पार्टी चलाउन खोजे पार्टी पार्टी जस्तै नबन्ने धारणा राख्नु भएको छ ।

पार्टीको जारी स्थायी समिति बैठकमा नेता शर्माले  ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठकाे र ‘फुटबारे चलाइएका हल्ला’ शीर्षाकमा थप २ पृष्ठ लामो प्रस्ताव पेस गर्दै नेतृत्वसँग यस्तो प्रश्न गर्नु भएको हो ।

‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्नुपर्ने नेता शर्माले जोड दिनु भएको छ ।

पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष नेता शर्माको रहेको छ

‘पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो । पार्टीभित्र मुद्दा विशेषका कमीकमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो । ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔंभन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो । शर्माले आफ्नो फरक प्रस्तावमा उल्लेख गर्नु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.