रासायनिक मल खरिद प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन
मलमा किसानलाई ६७ प्रतिशतसम्म अनुदान दिन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हिजो कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारी सहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन दिनुभयो ।
मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको भन्दै किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिन प्रधानमन्त्री ओलीको आग्रह थियो ।
प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला लगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिनुुभयो ।।
प्रतिक्रिया राख्नुहोस्