लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिनुहुँदै

दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

लुम्बिनी प्रदेश सभाको चौथो अधिवेसनको २५औं बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो । दिउँसो १ बजेको लागी बैठक आह्वान गरिएको छ ।

कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा आचार्य साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । ठूला दुई राजनीतिक दल विच भएको समिकरणका आधारमा मुख्यमन्त्री आचार्य विश्वासको मतको परिणामप्रति ढुक्क हुनुहुन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेसहित साना दलले हृवीप जारी गरेका छन् ।

लुम्बिनीका साना राजनीतिक दलले समेत मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने योजना बनाएका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.