पहिरोका कारण नागढुङ्गा नौविसे सडक खण्ड ठप्प

काठमाडौं – अविरल वर्षासँगै खसेको पहिरोको कारण त्रिभुवन राजपथको नौविसे-नागढुङ्गा सडक खण्ड अवरुद्ध भएको छ ।

केहीवेर अघि सो सडक खण्डको पिपला मोड नजिकै सडक भन्दा माथिल्लो भागको डाँडा खस्दा सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडकका कारण संघीय राजधानी प्रवेशका लागि तराईका जिल्लाहरुबाट आएका सवारी साधन र राजधानीबाट बाहिरिने सवारी साधनहरु दुबैतर्फ ठप्प रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भएको छ ।

सो सडक खुलाउने प्रयास भइरहेको तर पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले पहिरो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.