प्रहरीमा भएको ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ – नेपाल प्रहरीमा भएको ३० वर्षे सेवा अवधिको हद हटाउन माग गर्दै प्रहरी अधिकृतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिट निवेदन दर्ता भएको मितिबाट ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकास दिने ब्यवस्था लागु नहुने माग गर्दै  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन कुमार श्रेष्ठ समेतका वारेस कुमार बस्नेतले रिट दायर गरेको गर्नु भएको हो ।

रिटमा  प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

नेपाली सेना र अन्य सरकारी सेवाहरुमा ३० बर्षे हद कायम नराखिएको तर नेपाल प्रहरी सेवामा यो कायम राख्दा राज्यलाई अनावश्यक भार पर्ने र अनुभवी जनशक्ति बहिरीनु पर्ने जिकिर रिट निवेदनमा गरिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.