बस दुर्घटनाका घाइतेलाई भेट्न भारतका युवा राज्यमन्त्री काठमाडौँमा   

काठमाडौँ-: भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार यात्रुवाहक बस दुर्घटनाका घाइते आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न काठमाडाँ आइपुग्नुभएको छ ।

उहाँ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिनु भएको  छ ।

राज्यमन्त्री मन्त्री खडसेसँगै नेपालका गृहमन्त्री रमेश लेखक पनि  शिक्षण अस्पताल पुगेर जानकारी लिनु भएको छ ।

‘भारतबाट पर्यटकको रुपमा आउनुभएकोहरुको दुर्घटनामा मृत्यु भएको छ। सेना प्रहरीहरुले चाँडै उद्वार गरेर केही मानिसहरुलाई बचाउन सकियो। केहीको मृत्यु भएको छ। घाइतेको उपचार भइरहेको छ। भारतको राज्यमन्त्री आउनुभएको छ। उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुन्छ।’ बिरामीको अवस्थाबारे जानकारी लिएपछि लेखकले भन्नुभयो ।

गृहमन्त्री लेखकले उपचारमा रहेका घाइतेमध्ये एकदुई जनाको अवस्था गम्भिर रहेपनि अरुको इलाज राम्रोसँग भइरहेको जानकारी दिनुभयो । भारतका सरकारका मन्त्रीहरुले नेपाल सरकारले दुर्घटनामा परेकाहरुको चाँडै उद्वार गरेको बताएको पनि गृहमन्त्री लेखकले जानकारी दिनु भयो ।

पोखराबाट काठमाडौँतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मस्र्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए ।

यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.