पर्यटन व्यवसायी सापकोटाको ‘आधा शताब्दी’ सार्वजनिक

काठमाडौं- नेपाली पर्यटन व्यवसायका विविध पक्ष समेटेर पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले लेख्‍नु भएको आधा शताब्दी नामक कृति विमोचन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सो कृतिको विमोचन गर्नुभएको हो ।

हिमालयन सोसल जर्नीले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले नेपालको पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि पर्यटनको प्रवर्द्धनका लागि सरकारले छिट्टै नीतिगत व्यवस्था गर्ने जानकारी दिनुभयो ।

विमोचित कृतिको वरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार डाक्टर नवराज लम्साल र गोकर्ण अर्यालले समीक्षा गर्नुभएको थियो । पर्यटन व्यवसायी एवं स्रष्टा सापकोटाले आधा शताब्दीमार्फत पर्यटन क्षेत्रका विकृति विसंगति अन्त्यको बाटो देखाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.