प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौँ — नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देल प्रधानसेनापतिमा नियुक्त हुनु भएको छ। सिग्देलाई भदौ २४ देखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम नेपाल सरकार मन्त्रीपरिषद्को सिफारिसमा २०८१ भदौ २४ देखि लागू हुने गरी प्रधान सेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

साउन २४ गतेदेखि वर्तमान प्रधानसेनापति प्रभुराम शर्मा नियमित अवकाश लिनका लागि एक महिने बिदामा बसी सक्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.