नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश खारेज

काठमाडौँ – नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि विवादमा सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको छ।  यस अघिको अन्तरिम आदेशलाई लिएर सरकारले दर्ता गरेको भ्याटेकको निवेदनमाथि न्यायाधीशद्धय शारंगा सुवेदी र विनोद शर्माको इजलासले आज सुनुवाई गर्दै माग बमोजिम हुने आदेश गरेको हो ।

यसअघि अवकासमा जान लागेका प्रहरी अधिकृतले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले उक्त अन्तरिम आदेश जारी गरेपछि सरकारले यो आदेश कार्यान्वयन गर्न नसकिने भन्दै गृह मन्त्रालयमार्फत भ्याकेटको निवेदन दर्ता गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.