काठमाडौँको तारकेश्वरमा खोलाले बगाउँदा एक बेपत्ता

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिका-४ मा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

मंगलबार साँझ लोलङ तरकारी बजार नजिकै खोलाले बगाउँदा रसुवा घर भएका १२ वर्षीय विमल तामाङ बेपत्ता भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

साँझ ६ बजेतिर खोलाले बगाउँदा तामाङ बेपत्ता भएका र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.