संविधान दिवस मनाउनका लागि बागमती प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा समिति गठन

मकवानपुर – बागमती प्रदेश सरकारले संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको अध्यक्षतामा संविधान दिवस मूल समारोह समिति गठन गरेको छ ।

मङ्गलवार मुख्यमन्त्री बहादुर सिहं  लामाको अध्यक्षतामा बसेको बैठकले संविधान दिवसलाई भव्य रूपमा मनाउनका लागि ४३ सदस्यीय प्रदेश स्तरीय संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समिति गठन गरेको हो ।

मुख्यमन्त्री अध्यक्ष रहेको समितिमा प्रदेश सभाका सभामुख, प्रदेश सरकारका सबै मन्त्री, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापतिहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख सचिव, सबै मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, स्थानीय तहको प्रमुख लगायतका प्रतिनिधि रहेका छन् ।

असोज १, २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने बैठकले निर्णय गरेको छ । दिवसको अवसरमा २०८० को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट प्रदेश स्तरमा सर्वोत्कृष्ट जिपिए प्राप्त गर्ने एक जना छात्रा र एक जना छात्रलाई नगद पुरस्कार सहित सम्मान गर्ने, निबन्ध प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्तिहरूलाई कृत्रिम खुट्टा प्रदान गर्ने, सरसफाइ, वृक्षारोपण,सार्वजनिक सवारी साधनमा राष्ट्रिय झन्डा फहराउने लगायत विभिन्न कार्यक्रमहरू गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।

यसै गरी बैठकले असोज ३ गते संविधान दिवसको दिन भुटनदेवी स्कुलको चौर देखि बुद्ध चोक– चौकिटोल–मानस चोक हुँदै मूल समारोह स्थल मुख्यमन्त्री कार्यालयसम्म प्रभात फेरी निकाल्ने निर्णय गरेको छ । प्रदेश प्रमुखको प्रमुख आतिथ्य तामा मूल समारोह हुने सचिव दर्जीले बताउनुभयो । असोज २, ३ र ४ गते सबै मन्त्रालय, मातहतका कार्यालयमा दीप प्रज्वलन गर्ने र राष्ट्रिय झन्डा फहराउने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.