नेपालको चीनसँग जोडिएको रुइला नाका बन्द

गोरखा- गत साउन ५ गतेदेखि खुल्ला गरिएको रुइला नाका अर्को एक बर्षसम्मका लागि बन्द गरिएको छ ।

बर्षमा एकपटक एक महिनाका लागि खुल्ला गरिने सो नाका गत सोमबारदेखि पुन: बन्द गरिएको हो । नाका बन्द गर्ने दिन सोमबार चिनियाँ र नेपाली सीमा सुरक्षा बलले संयुक्त रुपमा गस्ती गरेका थिए ।

त्यसपछि चिनियाँ सुरक्षा अधिकारी, नेपालतर्फको सशस्त्र प्रहरीको बिओपी तथा जनप्रतिनिधिहरु र साम्दाको स्थानीयबासी बीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै दुबै पक्षले दुबै देशको हितलाई ध्यानमा राखी सिमा क्षेत्रमा अवान्छित गतिविधि हुन नदिने प्रतिवद्धता गरिएको थियो ।

साथै, सामागाउँ र साम्दोका स्थानीयले हरेक बर्ष नाका खुलाउँदा कम्तिमा एक महिना अघि सूचना दिन अनुरोध गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.