रास्वपाको राष्ट्रिय भेला जारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँका प्रज्ञा भवनमा मङ्गलवार देखी भेला जारी रहेको हो । भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू उपस्थित छन् ।

मङ्गलवार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन् । साथै मङ्गलवार नै कोषाध्यक्ष लिमा अधिकारी र देखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

अनुशासन आयोगका सभापति भरतमणि देवकोटाले आयोगको प्रतिवेदन समेत पेस गर्नुभएको थियो ।

उपसभापति डा. स्वर्णिम वाग्लेले नीति विचार प्रतिवेदन, कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधान संशोधनको प्रस्ताव पेस गर्नुभएको थियो । आज भने प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ ।

आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.