स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ

सिराह – सिराहको सखुवानन्कारकट्टी गाउँपालिका– ५ बाट प्रहरीले चेकजाँचको क्रममा स्रोत नखुलेको १४ लाख रुपैयाँभन्दा बढी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।

तीन जना चढेको मोटरसाइकल रोकेर चेकजाँच गर्ने क्रममा लुकाएको १४ लाख १९ हजार आठ सय ९० नेपाली रुपैयाँ र चार सय भारतीय रुपैयाँसहित सप्तरीको राजविराज नगरपालिका- १० बस्ने मोटरसाइकल चालक करिब ५७ वर्षीय मजित मियाँ, २८ वर्षीय मो . अलाउद्दिन र २३ वर्षीय अजय चौधरी रहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.