खेललाई महत्त्व दिन सके राष्ट्रको पहिचान बढ्छ–मुख्यमन्त्री लामा

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पेरिस पाराओल्म्पिककी कांस्य पदक विजेता पलेसा गोवर्द्धन र एसियन गेम्सकी रजत पदक विजेता ऐरीकाले आगामी दिनमा स्वर्ण जित्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हेटौँडामा भएको पलेसा र ऐरीकालाई सम्मान तथा पुरस्कार घोषणा कार्यक्रममा उनीहरूको प्रशंसा गर्दै मुख्यमन्त्री लामाले आगामी दिनमा स्वर्ण जित्ने आशा व्यक्त गर्नुभएको हो । सो अवसरमा मुख्यमन्त्री लामाले राष्ट्रको पहिचान गराउने सबैभन्दा ठुलो माध्यम खेलकुद भए पनि राज्य आवश्यक लगानी गर्न नसकेको बताउनु भयो ।  तर आफ्नो सरकारले खेलकुद क्षेत्रमा लगानी र प्रोत्साहन गर्ने आश्वासन दिनुभयो । उक्त कार्यक्रममा मुख्यमन्त्री लामाले अहिले केही प्रक्रिया नमिल्ने भएकाले खेलाडीलाई नगद दिन नसके पनि तीन महिनाभित्र खेलाडीले पुरस्कार रकम पाउने घोषणा गर्नुभयो ।

सो कार्यक्रममा पलेसाले सुरुवाती चरणमा सहयोग नहुँदा यो पदक ल्याउन धेरै कठिन भए पनि अहिले देशभर पारा तेक्वान्दोसँगै पारा खेलकुदका बारे सबैलाई थाहा भएको बताउनु भयो । आउने दिनमा सबैको साथ सहयोग भए पाराले मात्र नभए सबैले नेपालका लागि इतिहास बनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो । सबैले आफूमा विश्वास राखे नयाँ उदाहरण कायम गर्न सक्ने उल्लेख गर्नुभयो ।

पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य विजेता पलेसा गोवर्द्धन र एसियाली खेलकुदमा रजत विजेता एरिका गुरुङलाई बागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.