झम्टा संरक्षणमा थारु समुदाय

नवलपुर- गण्डकी प्रदेशको एक मात्र थारु जातीको बसोबास रहेको पूर्वी नवलपरासीको नवलपुरमा उल्लासका साथ मनाईने थारुहरुको जितिया पर्व सुरु भएको छ ।

जितिया सुरु भएसँगै अहिले थारु समुदायका महिलाहरुको ‘झाम्टा’ गीत गाउने प्रचलन नवलपुरमा हराउँदै जान थालेको छ । केही वर्ष अघिसम्म गाउँमा प्रत्येक घरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै जितिया मनाउने प्रचलन रहेपनि पछिल्लो समयमा ‘झाम्टा’ नाँच हराउँदै जान थालेपछि थारु अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।

थारु समुदायका महिलाले परम्परागत रुपमा गाउँघरमा ‘झाम्टा’ गीत गाउँदै नाच्दै गर्दा अन्य समुदायका मानिसले माग्न आएको जस्तै गरी होच्चाउन थालेपछि संस्कृति संरक्षण गर्न प्रतियोगिता आयोजना गर्न लागिएको थारु कल्याणकारी समितिका केन्द्रीय सदस्य विरेन्द्र चौधरीले बताउनुभयो ।

पूर्वी नवलपरासीको तराई क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ । सन्तानको दीर्घायुको लागि महिला पावन बस्ने दिनका रुपमा चिनिने पर्व हो, जितिया ।

पहिले पहिले जितिया पर्वको रौनक एक दुई हप्ता अगाडिदेखि नै हुन्थ्यो तर अहिले पहिले जस्तो छैन् । त्यसकारण जिल्लामा झम्टा गीत प्रतियोगिता आयोजना गर्दै झाम्टा गीतलाई प्रवर्द्धन गरिएको चौधरीको भनाइ छ ।

थारु समुदायका महिलाहरुले जितिया पर्वका अवसरमा प्रत्येक घर घरमा गएर गाँउने नाच्ने झाम्टा गीत र नाचको संरक्षणमा नगर स्तरीय, जिल्लास्तरीय रुपमै समूह दर्ता गरी आयोजना गर्दै आएको थारु कल्याण समिति कावासोतीका सभापति विकन कुमारी महतोले बताउनुभयो ।

जितिया पर्वले महिलाको सांस्कृतिक भूमिका र महत्वलाई उजागर गर्ने विश्वास लिइएको छ । जितिया पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन नेपालको मध्यभागमा रहेको नवलपुर तथा तराइका जिल्लामा थारु महिलाले मनाउने गर्दछन् ।

पूर्वी नवलपरासीको नवलपुर क्षेत्रमा झण्डै ५५ हजारको संख्यामा थारुहरुको बसोबास रहेको छ । जील्लामा देबचुलीको केउरेनी, दुमकौली, दलदले, कावासोती, मगरकोट डण्डा, अग्यौली, कुमारबर्ती, गोछडा, मध्यबिन्दुको कोल्हुवालगायतका क्षेत्रमा भव्यताका साथ महिलाहरुले नाचगान र ब्रत बसेर झम्टा गित गाएर जितिया पर्व मनाउने गरेको पाईन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.