विभागीय टोलीद्वारा विपक्षीमाथि गोलको वर्षा

काठमाडौं – विभागीय टोली द्वय त्रिभुवन आर्मी र एपिएफले शुक्रवार एन्फा महिला फुटबल लिगमा विपक्षी टोलीमाथि हाबी हुँदै गोल वर्षा गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा एपिएफले कोसी प्रदेशमाथि ८–० र दोस्रो खेलमा आर्मीले  चन्द्रपुरमाथि १०–० को गोल वर्षा गरेको हो ।

त्रिभुवन आर्मीले जितसँगै सात खेलबाट १६ अङ्क जोडेको छ । यो जितपछि आर्मी दोस्रो स्थानमा यथावत् छ । पराजित चन्द्रपुर समान खेलबाट सात अङ्कका साथ सातौँ स्थानमा छ ।

यो हारपछि चन्द्रपुरलाई लिगको शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने सम्भावना कठिन भएको छ ।

आर्मीको जितमा चन्द्रा भण्डारी र अमिशा कार्की दुवैले ह्याट्रिक पूरा गरे । यसै गरी हिमा चौधरी, दीपा शाही, अञ्जना राना मगर र शर्मिला थापामगरले समान एक गोल थपे । त्यस्तै  रश्मिकुमारी घिसिङ एक्लैले पाँच गोल गरेपछि एपिएफले शुक्रवार एन्फा महिला लिगमा फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा एपिएफले कोसीमाथि ८–० को गोलवर्षा गरेको हो । यससँगै लिगको शीर्ष स्थानमा रहेको एपिएफले आफ्नो अपराजित यात्रा सातौँ खेलसम्म कायम राखेको छ । एपिएफले सात खेलबाट १९ अङ्क जोडेको छ । यो नतिजापछि एपिएफले शीर्षमा स्थानमा रहेर सुपर लिग खेल्ने पक्का गरिसकेको छ । कोसीको भने यो हारपछि शीर्ष पाँचमा रहँदै सुपर लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ । समान खेलबाट कोसी १० अङ्क साथ पाँचौँ स्थानमा छ । समालिन नसक्दा कोसीले शीर्ष पाँचका लागि दाबेदारी बलियो बनाउने अवसर गुमाएको हो ।

एपिएफ कोसी विरुद्ध पूर्ण हाबी भयो । एपिएफकी रश्मिकुमारीले पाँच गोल गर्दा अनिता बस्नेतले दुई र अनिता केसीले एक गोल थपे । एपिएफले खेलको पाँचौँ मिनेटमै अनिता केसीको गोलबाट अग्रता लियो । लामो पास नियन्त्रणमा लिँदै रश्मिकुमारीले पेनाल्टी बक्सको राइट साइडबाट उपलब्ध गराएको बललाई अनिताले वन टच गोल गरिन् । १९औँ मिनेटमा अनिता बस्नेतले एपिएफको अग्रता दोब्बर बनाइन् । उनले करिब २२ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार कोसीकी गोलकिपर सुशीला कुमारी चौधरीले भेट्टाउन नै सकिनन् । तर यसपछि पहिलो हाफमा थप थोल हुन सकेन ।

एपिएफ २–० ले अगाडि रह्यो । तर दोस्रो हाफमा भने कोसी समालिन नै सकेन । यस क्रममा एपिएफले ६ गोल ग¥यो । ५६औँ मिनेटमा रश्मिकुमारीले गोलको खाता खोलिन् । अनिता बस्नेतले राइट साइडबाट दिएको क्रस बललाई उनले हेडमार्फत जाली चुमाएकी हुन् । यसपछि करिब २५ मिनेटसम्म कोसीले रोक्यो । तर अन्तिम १० मिनेट भने कोसी समालिएन । यस क्रममा कोसीले पाँच गो सामना ग¥यो । ८०औँ मिनेटमा कोसीकी नेहाकुमारी चौधरीले एपिएफकी सविता राना मगरलाई लडाएपछि रातो कार्ड सामना गर्दै बाहिरिइन् । त्यसपछि कोसीले एकपछि अर्को गोल व्यहोर्‍यो ।

८१ औँ मिनेटमा मिनेटमा पनि अनिता बस्नेतले अर्को उत्कृष्ट फ्रिकिकमार्फत गोल गरिन् । करिब २२ यार्डबाट अनिताले गरेको फ्रिकिक माथिल्लो बारमा ठोकिएर गोल हुन पुग्यो । एक मिनेट नबित्दै रश्मिकुमारीले गोल गर्दै एपिएफको अग्रता ५–० ले अगाडि बढाइन् । अनिता बस्नेतकै कट ब्याक पासलाई उनले वान टचमार्फत गोल गरेकी हुन् । ८५ औँ मिनेटमा रश्मिकुमारीले ह्याट्रिक पूरा गरिन् । सरु लिम्बुको थ्रु पासमा उनले कोसीकी गोलकिपर सुशीलताकुमारीसँग वान भर्सेस वानमा गोल गरेकी हुन् । रश्मिकुमारीको लय त्यतिमा सीमित रहेन ।

तीन मिनेटपछि नै रश्मिकुमारीले व्यक्तिगत चौथो गोल गरिन् । फेरि अनिता बस्नेतकै कट ब्याक पासमा रश्मिकुमारीले पेनाल्टी बक्सबाट सहज गोल गरेकी हुन् । ८९ औँ मिनेटमा रश्मिकुमारीले पाँचौँ गोल पूरा गरेपछि एपिएफ ८–० ले अगाडि रह्यो । अनिता केसीको थ्रु पास सदुपयोग गर्दै रश्मिकुमारीले व्यक्तिगत पाँच गोल गरेकी हुन् । यससँगै उनी जारी लिगमा सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् । रश्मिकुमारीको सात खेलबाट ९ गोल पूरा गर्दा दोस्रो स्थानकी वालिङकी ज्याकलिन नसालीले पाँच खेलबाट सात गोल गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.