२०८४ मा एमालेलाई निर्णायक राजनीतिक शक्ति बनाउनुपर्छ: पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताउनु भएको छ ।

शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।

उहाँले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताउनु भयो । उहाँले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताउनु भयो।

उहाँले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताउनु भयो । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो,‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । बामआन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अथिति भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरुमा प्रमुख अथिति बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरु पनि एमालेबाट सम्माननिय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरु पार्टीका नेताहरु जानुहुन्छ । सामाजिक फोरमहरुमा भने जनताले खोज्ने गरेका छन् ।

मैले नेकपा एमालेलाई के अनुरोध गर्न खाजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए । नेतृत्वमा पुग्ने के गर्नुपर्छ मैले भन्नुपर्दैन । मिठो खानको लागि दाल चामल लगायत धेरै कुराहरु मिलाउनुपर्छ । त्यसको लागि एमालले प्रयास गर्नुपर्छ ।

नेकपा एमाले मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ । एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ । यस्तो बनाउनुुस् । राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो । आगामी निर्वाचनसम्म एमालले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ ।’ पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो ।

उहाँले जनताको बहुदलिय जनवादको आलोकमा संविधान कार्यन्वयन प्रक्रियामा रहेको बताउनु भयो । उहाँले जबजको सिद्धान्तलाई मान्नेहरुले लामो समय मुलुकको नेतृत्वमा पुगेपनि भनेजस्तो काम नभएको बताउनु भयो । उहाँले मुलुकको राष्ट्रिय अर्थतन्त्र अहिले बलियो बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि आन्तरिक उत्पादन आवश्यक रहेको बताउनु भयो । उहाँले युवाहरु विदेशी जानुपर्ने अवस्था दुःखदायी भएको बताउनु भयो । उहाँले दलाल पुँजी वृद्धि हुने,अनौपचारिक क्षेत्र फैलिने तर राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदा जनताको बहुदलिय जनवादको आधार मानेर समाजवादमा पुग्न नसकिने बताउनु भयो । उहाँले मुलुक दलाल पुँजीको भरमा समाजवादमा पुग्न नसकिने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.