परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता

 

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कु (Luminita Odobescu) बीच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।

सो भेटवार्ताका क्रममा नेपाल रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।

क्यानाडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा राणा हाल क्यानाडा हुनुहुन्छ ।

सो भेटवार्ताका क्रममा नेपालका हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा लगानीका लागि मन्त्री डा राणाले उहाँमार्फत् रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको थियो ।

वार्तामा रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चाख देखाउनुभएको थियो ।

त्यस्तै दुई देशबीचको द्विपक्षीय परामर्श संयन्त्र निर्माण गर्ने विषयमा पनि सो भेटका क्रममा कुराकानी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.