पछिल्लो २४ घण्टामा देशभर ३७९० जना संक्रमित, उपत्यकामा २३८८
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ३७९० जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५७१४ जनाको पीसीआर परीक्षण गर्दा ३७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यसैबीच, उपत्यकामा मात्रै जना संक्रमित भएका छन् । काठमाडौंमा २००८, भक्तपुरमा ९९ ललितपुरमा २८१ जना संक्रमित भए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सोमबार प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २३३५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९४५०१ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्