तोके भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही

धादिङ- बढी भाडा लिने, यात्रुहरूलाई टिकट नदिने र क्षमता भन्दा बढी यात्रु चढाउने सवारी साधनलाई कारबाही सुरु गरिएको छ ।

भिडभाडको मौका छोपी यात्रु ठग्ने र मनपरी तरिकाबाट भाडा असुल्ने सवारी साधनहरुलाई पृथ्वी राजमार्गमा कडाइका साथ राजमार्ग प्रहरीले समेत अनुगमन सुरु गरेको छ । धादिङ-काठमाडौँ रुटमा चल्ने एक र काठमाडौँ चितवन रुटमा चल्ने एक सवारी साधनलाइ १० हजार र २० हजारका दरले जरिवाना गरिएको छ ।

धादिङबाट काठमाडौँ जान लागेको ग्रामीण यातायात धाङरको बा ५ ख ५७ नम्बरको मिनिवसलाई यात्रुहरूलाई टिकट नदिएको र भाडा दर गाडीमा नटासेको कसुरमा उपभोक्ता संरक्षण ऐनबमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमनका संयोजक युवराज अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ ख ५५९२ नम्बर को बसलाई तोकिएको भाडा दर भन्दा बढी भाडा असुल गरेको र सिट क्षमता भन्दा बढी यात्रु चढाएकाले २० हजार जरिवाना गरिएको हो ।

चाडपर्वको समयमा सवारीसाधनहरूले यात्रुहरूबाट चर्को शुल्क असुल्ने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ । बढी भाडा लिएमा तत्काल प्रहरी र प्रशासनमा खबर गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ ।

अनुगमनको क्रममा होटेल सरसफाइमा ध्यान नदिएको भन्दै बेनिघाट रोराङमा रहेको पिस हेभन रेस्टुरेन्ट एन्ड गेस्ट हाउसलाई समेत २० हजार रुपैयाँ जरिवाना गरी तत्काल सुधार गर्ने निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.