पुलिससँग सङ्कटा पराजित, पहिलो चरणको खेल सकियो

काठमाडौं – विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रवार सङ्कटा क्लबमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिस र सङ्कटाले प्रतिस्पर्धा गरेका थिए । जहाँ विभागीय टोली पुलिसले सङ्कटा क्लबमाथि २–१ को जित निकाल्दै लिगमा छैटौँ जित निकालेको हो । पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा शेर्पाले गोल गरिन् । सङ्कटाकी सेलिना एनिमाले गोल फर्काएकी थिइन् । लिगमा यसअघि नै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने टोलीको टुङ्गो लागिसकेको थियो । तर दुवै टोली पहिलो चरणको अन्तिम खेल जित्दै पहिलो चरणको खेल पूरा गर्न चाहन्थे ।

प्रतिस्पर्धात्मक खेलमा जित निकाल्दै पुलिसले तेस्रो स्थानका लागि अङ्कतालिकामा अग्रता लियो । यता, सङ्कटाले भने नवौँ खेलमा पाँचौँ हार व्यहोर्दै लिग यात्रा टुङ्गायो । हारपछि सङ्कटाले छैटौँ स्थानमा रहेर लिगको यात्रा टुङ्गाउने अवसर पनि गुमाउन पुग्यो । सङ्कटा छैटौँ स्थानको बागमती यूथ क्लबभन्दा तीन अङ्कले मात्र बढी छ । समान ९ खेलबाट बागमतीको १० अङ्क र सङ्कटाको ८ अङ्क छ । पुलिसविरुद्ध जितले सङ्कटा छैटौँ स्थानमा उक्लिने थियो । यद्यपि, सङ्कटाको सुरुवात राम्रो हुन सकेन र खेलको तेस्रो मिनेटमा सङ्कटाले अग्रता लियो ।

अनुष्का शेर्पाको गोलबाट पुलिसले अग्रता लिएको हो । सम्झना लावतीको उत्कृष्ट पासमा उनले करिब ९ यार्डनजिकबाट गोल गरेकी हुन् । उनको पहिलो प्रहार सङ्कटाकी गोलकिपर झरना नगरकोटीले सुरुमा बचाइन् । तर, सो बल रिबाउण्ड भएपछि उनले हेडमार्फत बललाई जाली चुमाएकी हुन् । छैटौँ मिनेटमै निरु थापाको गोल गर्ने उत्कृष्ट अवसरमा सङ्कटाकी गोलकिपर झरनाले लडाएपछि पुलिसले पेनाल्टी प्राप्त ग¥यो । उक्त पेनाल्टी हान्न आएकी समीक्षा घिमिरेको पहिलो प्रहार झरनाले बचाइन् । तर झरनाले बल नियन्त्रणमा लिन भने सकिनन् र रिबाउन्ड बलमा समीक्षाले गोल गरिन् ।

त्यो गोलसँगै पुलिस २–० ले अगाडि रह्यो । त्यसपछि पहिलो हाफमा दुवै तर्पmबाट थप गोल हुन सकेन । दोस्रो हाफमा सङ्कटाले खेलमा फर्कने प्रयास ग¥यो । ७३औँ मिनेटमा सङ्कटाले खेलमा फर्कने अवसर पायो । पेनाल्टी बक्सभन्दा थोरै बाहिर पुलिकी पुञ्जली कुसवारले तेमिलोपे जेनिफरलाई लडाएपछि सङ्कटाले फ्रिकिक पायो । सो अवसरमा सेलिना एनिमाले उत्कृष्ट फ्रिकिक गर्दै सङ्कटालाई खेलमा फर्काउने सङ्केत गरिन् । ८८औँ मिनेटमा पुलिसकी अनुस्का शेर्पा टोलीको अग्रता बढाउने अवसरमा चुकिन् ।

उनी सङ्कटाकी गोलकिपर झरनासँग वान भर्सेस वानमा चुकेकी हुन् । यता, सङ्कटाले पनि खेलमा फर्कन लगातार सङ्घर्ष गरे पनि सफल हुन सकेन र हारसँगै पहिलोपल्ट सहभागी महिला लिगबाट बाहिरियो । यसअघि नै एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, वालिङ नगरपालिका र कोसी प्रदेश लिगको शीर्ष पाँच स्थानमा रहँदै सुपर लिगमा स्थान बनाउन सफल भइसकेका छन् । एन्फाले सुपर लिग आयोजनाबारे मिति तय गरेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.