यात्रा छोट्याउदैँ पर्यटकहरू 

रामेछाप –  रामेछापको मन्थली विमानस्थलबाट लगातार ४ दिन देखी नियमित उडान हुन नसकेपछि लुक्ला तर्फ जाने पर्यटकहरू यात्रा छोट्याएर काठमाण्डौंतर्फ फर्कन थालेका छन् ।
जहाजहरूले आज चौथो  दिन पनि  उडान भर्न सकेनन् । बिहीबार बिहादै देखी नियमित उडान भर्ने तयारीमा रहेका एयरलाइन्सहरूले सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा मौसम बिग्रिएपछि उडान भर्न नसकेका हुन् । जहाजहरूले लुक्लाका लागि उडान भर्न नसकेपछि आजबाट केही पर्यटकहरू काठमाण्डौ तर्फ नै फर्केका छन् । लुक्ला को लागि  उडान हुन नसक्दा अहिले पनि मन्थली बिमानस्थलमा  ५ सय भन्दा बढी पर्यटकहरू यात्राको प्रतीक्षामा रहेका छन् ।
बितेका ४  दिन देखी सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब भएका कारण उडान हुन नसकेपछि यात्रा अनिश्चित भएकाले आफूहरू काठमाण्डौँतर्फ फर्कन लागेको पर्यटकहरूले बताएका छन् । आज जहाज मार्फत नै केही पर्यटकहरू काठमाण्डौ फर्केका छन् भने केही पर्यटकहरू हेलिकप्टर मार्फत लुक्ला तर्फ लागेका छन् । यात्रा छोटाएर पर्यटकहरू फर्कन थालेपछि बुधवारको तुलनामा बिहीबार मन्थली विमानस्थलमा उनीहरूको भिड पनि घटेको छ । केही पर्यटकहरूले गन्तव्य परिवर्तन गरेका छन् भने छोटो समयका लागि नेपालको हिमालय क्षेत्र घुम्नका लागि सोलुखुम्बुतर्फ जान लागेका पर्यटकहरू यात्रा अवधि छोटाएर आफ्नो देश फर्कने तयारीमा छन् । खराब मौसमले उडानहरू कम हुन थालेपछि केही पर्यटकहरू भने स्थल मार्गबाट नै सोलुखुम्बुतर्फ तर्फ जान थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.