नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा
काठमाडौं- साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
दुवै टोलीले पहिलो हाफमा पाएको अवसरलाई गुमाएका छन् । सुरुवाती १० मिनेटमै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । दशौं मिनेटमा नेपालको अग्रता लिने प्रयासमा क्रसबार नै बाधक बन्यो । अमिशा कार्कीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार बारमा लागेको थियो ।
खेलको २४ औं मिनेटमा गोलरक्षक रुपनाको अर्को गल्तीमा नेपाल फाइदा उठाउन सकेन । विमला विकको क्रस रुपनाले ६ यार्ड बक्सनजिक फुस्काएपनि उक्त बल साम्बासम्म पुग्न नपाउँदै डिफेन्डर अफिदाले क्लियर गरिदिएकी थिइन् ।
प्रतिक्रिया राख्नुहोस्