आजबाट ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न शुरु
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले आजदेखि ४० मेगावाट बिजुली बङ्गलादेश निर्यात गर्न शुरु गरेको छ ।
विद्युत व्यापारको नेपाली इतिहासमा भारतपछि अर्को देश बिजुली पुगेको यो पहिलो पटक हो ।
नेपाली बिजुली बंगलादेश पुर्याउने बारेमा नेपाल भारत र बंगलादेशवीच त्रिपक्षिय सहमती पनि सकिएपछि निर्यात सम्भव भएको हो । भारतको केन्द्रीय विद्युत नियमन आयोगले नेपालको बिजुली बङ्गलादेश निर्यात गर्न अनुमति दिएपछि आज प्राधिकरणले विजुली निर्यात शुरु गर्यो ।
विद्युत् व्यापार गर्ने विषयमा गत असोज १७ गते नेपाल, भारत र बङ्गलादेशका उच्च अधिकारीबीच त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म विद्युत बङ्गलादेश निर्यात गरिनेछ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय लाइनमार्फत भारतीय प्रणालीमा बिजुली उपलब्ध गराउनेछ ।
सहमतिअनुसार मुजफ्फपुरबाट भारतीय प्रसारण प्रणाली हुँदै बहरामपुर भेरमारा चार सय केभी प्रसारण लाइन हुँदै नेपाली बिजुली बङ्गलादेश पुग्नेछ ।
प्राधिकरणले प्रति युनिट आठ रुपैयाँ ६४ पैसामा बिजुली निर्यात गर्न लागेको छ ।
प्रवक्ता घोषका अनुसार प्राधिकरणले २५ मेगावाट क्षमताको त्रिशूली र २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली बङ्गलादेश पठाइनेछ ।
बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ ।।
प्रतिक्रिया राख्नुहोस्