जीवन र जीविकाको रक्षा गर्नु सरकारको प्राथमिकताः अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड १९ ले ल्याएको परिस्थितिको सामना गर्दै जीवन र जीविकाको रक्षा गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज सेजनका पदाधिकारीहरुसँग भएको भेटमा अर्थमन्त्री पौडैलले स्वास्थ्य सजगता अपानाउँदै रोजगारीसँग आबद्द उत्पादन र आर्थिक गतिविधिलाई चलायमान बनाउने सरकारको नीति रहेको पनि स्पष्ट गर्नुभयो । उहाँले पारदर्शिता, सुशासन र समृद्धिका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका हुने बताउँदै आलोचनात्मक र रचनात्मक सुझावबाट सरकारको गतिविधि प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपाल आर्थिक पत्रकार समाज सेजनका अध्यक्ष भीमप्रसाद गौतमले कृषि, पर्यटन, उर्जा लगाएतका क्षेत्रका लागि राहत प्याकेज ल्याउनु पर्ने तथा पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्ने लगाएतका सुझावहरु अर्थमन्त्री पौडेल समक्ष पेश गर्नुभयो । मुलतः आर्थिक क्षेत्रमा काम गर्ने गरी २३ वर्षअघि नेपाल आर्थिक पत्रकार समाज सेजनको स्थापना भएको हो ।।






प्रतिक्रिया राख्नुहोस्