दोलखामा स्थानीय तहले कोरोना खर्च दिने

दोलखा– दोलखाका नागरिकको कोरोना परीक्षण तथा उपचार खर्च दोलखाका ९ वटै स्थानीय सरकारले व्यहोर्ने भएको छ ।

पालिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले लक्षण सहितका कोरोना संक्रमितलाई जिल्ला भित्रै उपचार गराउनु परे उपचारमा लाग्ने सम्पुर्ण खर्च तथा जिल्ला बाहिर लैजानु पर्ने अवस्थामा प्रति व्यक्ति १० हजारका दरले यातयात खर्च उपलब्ध गराउने निर्णय गरेको हो । जिल्ला समन्वय समिति दोलखामा बसेको बैठकले जिल्ला भित्रका नागरिकमा संक्रमणको लक्षण देखिएमा, सो आधारमा कन्ट्रयाक्ट ट्रेसिङ गर्नुपरे र पोजेटिभ देखिएर दोस्रो पटक टेष्ट गर्नुपरेमा दोलखाको २ वटा अस्पतालबाट स्वाब संकलन गर्ने र लागेको खर्च सम्बन्धित पालिकाले व्यहोर्ने निर्णय गरेको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले बताउनुभयो ।

साथै बैठकले तोकिएको मापदण्ड पूरा नगर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्ने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । कोरोना जोखिम नियन्त्रणका लागि भन्दै प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्थापना गरिएको कोषमा दोलखाका ९ वटै स्थानीय सरकारले २ लाखका दरले १८ लाख रुपैया जम्मा गरिसकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.