गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा चलाउने विषयमा छलफलमा छौ ः मन्त्री पाण्डे

रुपन्देही – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा आवश्यक पहलहरू भइरहेको बताउनु भएको छ ।
सञ्चालनमा आएको साढे दुई वर्ष पछि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलाई दिगो रूपमा सञ्चालन गर्ने विषयमा अन्तर मन्त्रालय समन्वयका लागि आवश्यक पहल भइरहेको समेत बताउनु भयो ।
विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले विमानस्थल दिगो सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा संरचना निर्माण गर्ने विषयमा सरकार गंभिर रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पाण्डेले श्रम रोजगारका लागि जाने श्रमिकहरूलाई काठमाडौँ नगई भैरहवाबाट सबै काम पुरा गरेर गन्तव्यमा पुर्याउनका लागि आवश्यक पर्ने सबै काम यहीबाट हुने गरी सुरु गर्नु पर्ने बताउनु भयो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्नका लागि सबैले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।
मन्त्री भण्डारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटनको प्रचुर सम्भावना बोकेको बताउँदै यसलाई निरन्तर रूपमा चलाउनका लागि सरकार लागिरहेको बताउनु भयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको विकल्पको रूपमा मात्रै नभएको भन्दै र यो विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने बताउनु भयो ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चलन गर्नका लागि सरकार सहित सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्नेमा जोड दिएका छन् । सरोकारवालाहरूले विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्नका लागि सरकार र निजी क्षेत्र दुवैले नीतिगत तथा संस्थागत रूपमा काम गर्नु पर्नेमा जोड दिएका हुन् ।






प्रतिक्रिया राख्नुहोस्