नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित

काठमाडौँ- आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा अन्तर्गत स्कटल्यान्डसँग भएको खेलमा नेपाल  पराजित भएको छ ।

समूह ‘डी’ अन्तर्गत मलेसियाको युकेएम ओभल मैदानमा सोमबार भएको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग एक विकेटले पराजित भयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ७३ रन बनाएको थियो । स्कटल्यान्ड जितका लागि नेपालले दिएको ७४ रनको लक्ष्य १८.४ ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको हो ।

नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.