आफैंलाई गोली प्रहार गरेका प्रहरी जवानको मृत्यु

महेन्द्रनगर – आफैंले आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।

गत बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैंलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि कैलालीको निःशर्ग अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.