आइतबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा आइतबार सुनको मूल्यमा उच्च अङ्कको गिरावट आएको छ । आज सुन प्रतितोला दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रवार उक्त सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.