अब पार्टी आफ्नै वर्गमा फर्कियोः प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्र अब आफ्नै वर्गमा फर्किएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ ।
स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने गरी आफुले जितेका पालिकाहरुमा अभियान अघि बढाउने बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी जनप्रतिनिधिलाई गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने जिकिर गर्नुभयो ।
पार्टीले आठौं महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्मका साथ केन्द्रले नेतृत्व गरेका स्थानीय पालिकाले उत्कृष्ट नतिजा दिदै आएको उल्लेख गर्नुभयो ।
स्थानीय विशेषताअनुसारको समाजवादको अभ्यासका लागि अब जनताले फरक महसुस गर्ने कार्यक्रम अघि बढाउनुपर्ने धारणा राख्नु भयो । उहाँले १८ महिनाको सरकारको अनुभव र सरकारबाट बाहिरिदै गर्दा जनतामा गरिएको अपिलले जनतामा सकारात्मक प्रभाव पारेको जिकिर गर्नुभयो ।
अभिमुखिकरण कार्यक्रममा माओवादीले जितेका १ सय २३ पालिका प्रमुख, अध्यक्ष र १ सय ३४ उपप्रमुख, उपाध्यक्ष, पालिकाका पार्टी अध्यक्ष, प्रदेश इन्चार्जको सहभागिता रहेको छ । कार्यक्रममा पालिका प्रमुखहरुले आआफ्ना पालिकामा गरेको कार्य प्रस्तुति राखेका छन् ।अभिमुखिकरण भोलिसम्म चल्ने छ ।






प्रतिक्रिया राख्नुहोस्