काठमाडौँ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८ प्रतिशत

काठमाडौँ – राष्ट्रिय गौरवका आयोजना काठमाडौँ–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३८.२६ र वित्तीय प्रगति ३९.८४ प्रतिशत रहेको छ ।

नेपाली सेनाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार करिव ७१ किमी दूरीको आयोजना अन्तर्गत सात सुरुङमध्ये दुईवटा ‘ब्रेक थ्रू’ भइसकेका र दुईवटा निर्माणाधीन रहेका छन् ।

अन्य तीनवटा सुरुङको डिजाइन तथा पूर्वतयारीका कार्य भइरहेको आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिनुभयो । तर आयोजनाको प्रस्थान विन्दु खोकनामा जग्गा प्राप्ति सम्बन्धी विवाद अझै टुङ्गि सकेको छैन । नेपाली सेनाले आगामी २०८३ चैत मसान्तसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

यसैगरी सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब एक करोड रुपैयाँ पुगेको जानकारी दिइएको छ । कोषको स्थापना २०३२ सालमा गरिएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.