शिक्षकका माग सम्बोधन गर्ने प्रयास जारी छः अध्यक्ष दाहाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि आफ्नो पार्टीले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो सम्मेलनको आज उद्घाटन गर्दै उहाँले आफू प्रधानमन्त्री हुँदा शिक्षकसँग भएका सम्झौता कार्यान्वयनका निम्ति सक्दो प्रयास गरेको उल्लेख गर्नुभयो ।
उहाँले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिक व्यवस्थालाई संस्थागत गर्न आवश्यक भएको बताउनुभयो । “हामी शान्ति प्रक्रियामा आएपछि पार्टीले विभिन्न गुट–उपगुट र फुट बेहोर्नुप¥यो, अहिले फेरि एकताको प्रक्रिया अघि बढेको छ, मलाई विश्वास छ, अब छिट्टै माओवादी धाराहरु मूलभूत रुपमा एकता भइसकेका हुनेछन्” उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो पटक आफू प्रधामन्त्री हुँदा गर्न सुशासन, सामाजिक न्याय, अन्तरराष्ट्रिय सम्बन्ध सुदृढीकरण र छिमेकीसँग नेपालको हित अनुकुल सहमति र सम्झौता गर्न लिइएका पहलको परिणामस्वरुप जनतामा माओवादीप्रतिको आशा र भरोसा जागेको दाबी गर्नुभयो ।
आफ्नो पार्टीले सुरु गरेको हुलाकीमार्ग केन्द्रित अभियानले पनि माओवादी पार्टीप्रतिको आकर्षण बढ्दै गएको अध्यक्ष दाहालको भनाइ छ । उहाँले उक्त अभियानलाई भोलिदेखि पुनः सुरु गरी कञ्चनपुसम्म पु¥याउने समेत उल्लेख गर्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले आफ्नो पार्टीले सहिद, वेपत्ता परिवार, अपाङ्गता भएका व्यक्तिको पक्षमा केही काम गरेको भए पनि केही बाँकी रहेको बताउनुभयो । “हामीले जनतासामु संवाद गर्दैगर्दा जनताको हामीप्रतिको माया अझै प्रगाढ हुँदै गएको छ, हामीप्रति जनताको ठूलो विश्वास कायमै छ, त्यसकारण हामीले हाम्रा कमिकमजोरी सनतासामु प्रष्ट राख्नुपर्छ”, उहाँले भन्नुभयो ।
पछिल्लो पटक आफ्नो पार्टीले झापादेखि कपिलवस्तुसम्म आइपुग्दा लाखौँ जनतासँग संवाद गरेको पनि उहाँले बताउनुभयो । त्यस अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले अब छिट्टै माओवादी धारका राजनीतिक दलबीच एकता हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.